एस्टन भिल्लासँग २–० ले पराजित भएपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौका आर्सनलले गुमाएको हो।
उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको थियो । लियोन बेली र वली वाटकिन्सले गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । बेलीले ८३ औं र वाटकिन्सले ८६ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लिभरपुल क्रिस्टल प्यालेससँग १–० ले पराजित भएको थियो ।
