
काठमाडौं साउन २१ गते ।
लालीगुराँस नेसनल एकेडेमी र मनास्लु प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लालीगुराँसले निम्सलाई ६६–५५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा रोशन तामाङले १४ अंक योगदान गरे । सिद कार्कीको १५ अंक सहयोगमा मनास्लुले सगरमाथालाई ६१–४८ ले हरायो ।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको ब्वाइजमै सीसीआरसी र जेभियर पनि सेमिफाइनलमा पुगे ।
सीसीआरसीले गोल्डेन इन्टरनेसनल कलेजलाई ६०–३१ ले पाखा लगायो । सीसीआरसीका विसन खड्काले १९ अंक जोडे । जेभियरले हेराल्डलाई ५९–४६ ले पन्छायो । जेभियरका महेन्द्र प्याकुरेलले १९ स्कोर गरे ।
सेमिफाइनलमा जेभियरको भेट लालीगुराँसंग हुनेछ भने सीसीआरसीले मनास्लुको सामना गर्ने छ । गल्र्सको सेमिफाइनल निम्स र जेभियर तथा एलआरआई र गोल्डेनगेटबीच हुनेछ ।