नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलवार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रनको यो योगफल तयार पारेको थियो। विराटनगरका लागि इरान शेखले ५६, लोकेश बमले ५० र आन्द्रे रसेलले अविजित ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। प्रत्युत्तरमा १७५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बलिङतर्फ विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिँदै रोमान्चक जित दिलाउन महत्वपूर्ण भूमिका खेले।