नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा युवा खेलकुद क्लब गठन

काठमाडौं साउन २१ गते ।
नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा काठमाडौंमा अपाङ्गता भएका युवाहरूको खेलकुद सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लबको औपचारिक गठन गरिएको छ ।
क्लबले फरक क्षमता भएका युवाहरूसम्म खेलकुदको पहुँच विस्तार गर्दै उनीहरूलाई विभिन्न खेल गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । साथै, खेल मैदानभित्र र बाहिर समावेशी, समान अवसरयुक्त तथा सहयोगी समुदाय निर्माणमा पनि क्लबले विशेष जोड दिने बताइएको छ ।
क्लबका प्रतिनिधिहरूका अनुसार यस पहलले फरक क्षमता भएका युवाहरूको प्रतिभा विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
क्लबले आगामी दिनमा विभिन्न समावेशी खेल कार्यक्रम, प्रशिक्षण, जनचेतनामूलक गतिविधि तथा समुदायसँगको सहकार्यमार्फत अपाङ्गता भएका युवाहरूको खेलकुद विकासलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ । साथै, खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई यस अभियानमा साथ दिन पनि आह्वान गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ