
पूर्वप्रधानमन्त्री प्रचण्डले पारा एथलीटसलाई बधाई दिँदै खेलकुद विकासमा सहयोगको आश्वासन दिनुभयको छ ।
विश्व पारा एथलीटसलाई ग्रान प्रिक्स, नयाँ दिल्ली २०२५ मा ऐतिहासिक रजत पदक जितेकी नेपाली पारा एथलीट प्रभा आङ्देम्बे तथा पारा एथलीटसलाई टोलीलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवसमा विशेष भेटघाट गर्नुभयो । यस अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले आङ्देम्बेको उपलब्धिलाई राष्ट्रिय गौरवको रूपमा सराहना गर्दै नेपालमा पारा खेलकुदको विकास र प्रवर्द्धनका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले पारा खेलाडीहरूको प्रशिक्षण, उपचार तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जस्ता विषयमा विशेष ध्यान दिने आश्वासन समेत दिनुभयो। राष्ट्रिय पारालम्पिक कमिटिका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले पारा खेलकुदका समक्ष रहेका चुनौतीहरू, आवश्यक पूर्वाधार, आर्थिक सहयोग तथा यस क्षेत्रको विकासका लागि सम्भावनाहरू बारे विस्तृत प्रस्तुतिकरण दिनुभयो । उहाँले पारा खेलाडीहरूको प्रतिभा संवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबाट ठोस सहयोग आवश्यक रहेको बताउनुभयो । यस कार्यक्रममा पारा एथलेटिक्स एसोसिएसन नेपालका सचिव साङ्बु भोटे, राष्ट्रिय पारा शूटिङ संघका उपाध्यक्ष विजता लुइटेल अधिकारी, प्रशिक्षक बिमला राना मगर तथा उदीयमान पारा एथलीट नव कार्की लगायत पारा खेल जगतका प्रतिनिधिहरू उपस्थित थिए। माननीय जगप्रसाद शर्माले यो महत्त्वपूर्ण भेटघाट आयोजनामा मध्यस्थताको भूमिका निर्वाह गरेका थिए । यस भेटघाटले नेपाली पारा खेलाडीहरूको उज्वल भविष्यका लागि नयाँ आशा जगाएको छ।

Thank you so much khel Diary for this amazing news