साफ यु १९ च्याम्पियन सिपमा नेपाल भारतसँग पराजित


काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको हिजो भएको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजितभएको छ।
समूह चरणको अन्तिम खेलमा जितनिकालेको भारत समूहविजेताबन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेताबनेको छ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औंमिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्ननपाउँदै ओमाङ्गडोडुमले गोलगर्दा भारतले २–० को अग्रताबनायो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालदोस्रो हाफमापनि खेलमाफर्कन सकेन ।भारतले एकपक्षीयदबाबबनायो। ७६ औंमिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।
भारत यतिमामात्र रोकिएन । ८४ औंमिनेटमा ड्यानीमिटेले अर्को एक गोलथपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ।
भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो ।आयोजक ६ अंक सहित समूहविजेताबन्न सफल रहयो ।नेपालले यस अघि श्रीलंकालाई ५–० ले हराएको थियो । ३ अंक सहित नेपाल समूहको दोस्रोमाछ ।
अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेतामाल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ