
उज्वेकिस्तान ताज्खन मा २३ तारिक देखी २५ तारिक सम्म हुने २१ औं A K F सिनिएर कराते च्याम्पिएनसीप २०२५ मा सहभागी हुने खेलाडिहरु यतिखेर सातदोबाटो स्थित कराते एकेडेमी हलमा र केन्द्रिय कराते डोजो त्रीपुरेस्वर स्थित प्रशिक्षणमा ब्यस्त रहेका छन।
खेलाडीहरुलई काटा तर्फ सागका दोहोरो स्वर्णधारी वरिष्ठ प्रशिक्षक मन्डे काजी श्रेष्ठ र कुमुते तर्फ वरिष्ठ प्रशिक्षक कुशल श्रेष्ठ ले प्रशिक्षण गराई राख्नु भएको छ ।
सहभागी हुने खेलाडिहरु काटा तर्फ पुरुषहरुमा
सोनिम मानन्धर ले काटा तर्फ प्रतिस्पर्धा गर्ने छन।
सजन मोक्तान ले कुमुते तर्फ ५५ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
मिन बहादुर तामाङ ले कुमुते तर्फ ६० केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
सन्तोष श्रेष्ठ ले कुमुते तर्फ ६७ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
महम्मद शेखु आलम ले कुमुते तर्फ ८४ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
तेन्जिङ शेर्पा ले कुमुते तर्फ ८४ केजी माथि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
महिलाहरुमा
सानुमाया थिङ ले काटा तर्फ प्रतिस्पर्धा गर्ने छन।
अञ्जली महर्जन ले कुमुते तर्फ ५० केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
सबिना श्रेष्ठ ले कुमुते तर्फ ५५ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
निरुपा तामाङ ले कुमुते तर्फ ६१ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
एरिका गुरुङ ले कुमुते तर्फ ६८ केजी माथि तौल समुहमा प्रतिस्पर्धा गर्ने छन।
प्रशिक्षकमा काटा तर्फ प्रशिक्षक मन्डे काजी श्रेष्ठ
र कुमुते तर्फ प्रशिक्षक कुशल श्रेष्ठ रहेकाछन ।
टोलीहरु २० तारिक मा उज्वेकिस्तान प्रस्थान गर्ने छन ।