स्कटल्याण्डमा हुने सिरिजका लागि नेपालीक्रिकेट टोलीको बिदाइ


काठमाडौं । स्कटल्यान्डमाहुने आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२०आई सिरिजका लागि नेपालीक्रिकेट टोलीको बिदाइ गरिएको छ ।
बुधबार नेपालक्रिकेट संघ क्यानले एक कार्यक्रमगर्दैसिरिज खेल्नजाने टोलीको बिदाइ गरेको हो ।टोलीआज साँझ स्कटल्यान्ड प्रस्थानगर्नेछ ।
नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्मसिरिज खेल्नेछ भने लिग–२ सिरिज पछि नेपालले त्रीदेशीय देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ ।उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालनहुनेछ ।
लिग–२ का लागि नेपालीटोलीमा रोहितपौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने,गुलशन झा, अनिलशाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ