
काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग आईपीएल शनिबारदेखि पुनः सुरु हुने भएको छ । गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीआईसीसीले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ ।
साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरु हुने जनाइएको छ ।
क्वालिफायर १ जेठ १५ गते मे २९ र इलिमिनेटर जेठ १६ गते मे ३० मा हुनेछ । त्यस्तै, क्वालिफायर २ जेठ १८ गते जुन १ मा हुनेछ ।