चेस ओलम्पियाडबाट ४ महिला र ३ पुरुष छनोट

नेसनल चेस च्याम्पियनसिप २०२४ बाट ३ पुरुष र ४ महिला गरी जम्मा ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा विहीबार सम्पन्न च्याम्पियनसिपबाट पुरुषतर्फ तीन र महिलाका चार खेलाडीले ओलम्पियाड खेल्ने भएका छन्। लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा सर्बाधिक ८ अंक बनाउँदै झापाका राजन सुवेदी राष्ट्रिय प्रतियोगितामा नयाँ च्याम्पियन भएका छन् ।

स्वीस लिगको आधारमा ६ दिन सञ्चालिन च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोबिन लिगको आधारमा प्रत्येक खेलाडीले ११–११ खेल खेलेका थिए । च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुने खेलाडीले १० हजार रुपियाँ प्राप्त गरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ