युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा

जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ ।

गोलकिपरमा डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन) र आरोन राम्सडेल (आर्सनल) छन् भने डिफेन्डरमा लेविस डंक (ब्राइटन), जो गोमेज (लिभरपुल), मार्क गुएही (क्रिस्टल प्यालेस), एजरी कोन्सा (एस्टन भिल्ला), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियर (न्यूकासल) र काइल वाल्कर (म्यानचेस्टर सिटी) छन्। त्यस्तै गरि मिडफिल्डरमा ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल), कोनोर गालाघर (चेल्सी), कोबी माइनू (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल) र एडम व्हार्टन (क्रिस्टल प्यालेस) पर्न सफल भएका छन्। फरवार्डमा जुड बेलिङ्घम (रियल म्याड्रिड), जारोड बोवेन (वेस्ट ह्याम), एबेरेची इजे (क्रिस्टल प्यालेस), फिल फोडेन (म्यानचेस्टर सिटी), एन्थोनी गोर्डन (न्यूकासल), ह्यारी केन (बायर्न म्युनिख), कोल पाल्मर (चेल्सी), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड), ओली वाटकिन्स (एस्टन भिल्ला) रहेका छन्।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले गोलकिपर जेम्स ट्राफोर्ड, डिफेण्डर जराड ब्रान्थवेट, जरेल क्वान्साह र ह्यारी मगुएर, मिडफिल्डर कर्टिस जोन्स तथा फरवार्डद्वय ज्याक ग्रेलिस र जेम्स म्याडिसन जस्ता खेलाडीहरुलाई टिम बाहिरै राखेर २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ