५६ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि बागमती प्रदेशले हात पार्न सफल भएको छ। १५ स्वर्ण, ८ रजत र १० कांस्य जित्दै बागमती प्रदेश टिम च्याम्पियन बनेको छ।
नेपाल कराते महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १० कांस्य जित्दै बागमती प्रदेश टिम च्याम्पियन बन्दा १५ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त गर्दै नेपाल प्रहरीले दोश्रो स्थान हासिल गरेको हो भने ११ स्वर्ण हात पार्दै कोशी प्रदेश तेश्रो स्थान ओगट्न सफल भयो।

सम्पूर्ण विजेता टोलिहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले कार्यक्रम सकिए पछि पुरस्कृत गरेका थिए। निरन्तर तीन दिनसम्म संचालन भएको प्रतियोगितामा सातै प्रदेश, प्रहरी, नेपाल आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडी बाहेकको राष्ट्रिय टिमका करिब ५ सय खेलाडीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ।
