बंगलादेशद्वारा श्रीलंका पराजित

टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ ।

१ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी हुँदै ८ विकेट गुमाएर श्रीलंका माथि जित हासिल गर्न सफल भएको हो । २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका‌ लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन जोडे संगै जितको बाटो लम्किएको थियो। त्यस्तै गरि लिटन दासले ३६ रन र मोहमुदुल्लाले नटआउट रहदै १६ रन बनाएका थिए।

बंगलादेशका लेग स्पिनर रिसाद हसन र मुश्ताफिजुर रहमानले समान ३ विकेट , तस्किन अहमदले २ विकेट र तान्जिम हसन सकिबले १ विकेट लिएका थिए। दक्षिण अफ्रिका,नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ