टि २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

२०२४ आइसीसी टि२० विश्वकपको यात्रामा नेपाली क्रिकेट टोली नेदरल्यान्ड्ससंग नेपाली समय अनुसार ( आज ) मंगलबार राति ९:१५ बजे भिड्ने भएको छ।

अमेरिका र वेस्ट इन्डिजको संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन् । प्रिमियर कप अघि देखि नै लगातार टि२० क्रिकेट खेल्दै आएको नेपाली क्रिकेट टिम एक महिना अगावै अमेरिका पुगेको थियो । अमेरिकाबाट ह्युस्टनमा स्थानिय टोली ह्युस्टन हरिकेन्स सँग २ खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको नेपाली टोली विश्वकपको वार्म अप खेलमा भने नेपाल क्यानाडासँग पराजित भएको थियो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम पनि कीर्तिपुरकै क्रिकेट मैदान जस्तो सहज महसुस हुने र सफलताको लागि सक्दो प्रयास गर्ने बताएका छन् । डालासस्थित करिब १० हजार दर्शक क्षमता भएको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा ८० प्रतिशत भन्दा बढि नेपाली दर्शकको उपस्थिति हुन अनुमान गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ