नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप शनिबार बाट शुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा,सुशील चौधरी र राजन सुवेदी जित निकाल्दै समान १-१ अंक अंक जोड्न सफल भएका छन्। राउन्ड रोविन प्रणालीमार्फत शुरु भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, शान्ति धिमाल, पूजा भण्डारी, विनिता कपाली, रिया श्रेष्ठ र सुशिला गुरुङले जित निकालेका छन्।

सिन्दिराले श्रेया दुवाललाई पराजित गर्दा शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट हुँदै नेशनल चेस च्याम्पियनसिप खेलिरहेकी कृतिसारा अधिकारीलाई हराइन् भने विनिताले अन्शु प्रजापतिलाई हराएकी थिन । त्यसैगरी रियाले पूनम प्रसाईं र सुशिलाले सविना गुजलाई पराजित गर्न सफल बनिन्।