नेशनल चेस च्याम्पियनसिप जेठ १९ हुँदै

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप यहि जेठ १९ देखि २४ गतेसम्म आयोजना हुने भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औं खुल्ला र नवौं महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२-१२ जना खेलाडी सहभागी हुनेछन् ।

यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको नेशनल बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९-९ जना खेलाडी छनोट भएका थिए । जसमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजिव कार्की र श्रुसुरत दाहालले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तैगरि महिलातर्फ कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापति, पूनम प्रसाईं, श्रेया दुवाल र सविना गुज रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ