काठमाडौँ, असार १५ गते ।
काठमाडौँ महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३ मा वडा नं. १५ ले ‘वेष्ट वार्ड अवार्ड’ प्राप्त गरेको छ ।
महानगरपालिकाले नेपाल ब्याडमिन्टन सङ्घ काठमाडौँसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिएको हो ।
महिलातर्फ एकल प्रतिस्पर्धामा वडा नं। १५ का अजरेन्का शेरचन र पुरुषतर्फ वडा नं. १० का बबिस थापा विजयी भए । प्रतियोगिता समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के। सी। ले विजेताहरूलाई जनही ३२ हजार रुपियाँसहित पुरस्कृत गरे।
पुरुषतर्फ एकल प्रतिस्पर्धामा वडा नं। १५ का सोयम मानन्धर उपविजेता र महिलातर्फ वडा नं। ६ की शिष्टता कुइँकेल उपविजेता भए । उनीहरूलाई जनही २० हजार रुपियाँ नगदसहित पुरस्कृत गरियो । वडा नं. २८ का गौरव तण्डुकार र वडा नं. ४ का सुशान्त प्रजापतिले पुरुषतर्फ र वडा नं. २३ की सम्रिना श्रेष्ठ र वडा नं. १५ का श्रीया महर्जनले तेस्रो स्थान हासिल गरे। उनीहरूलाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरियो । पाँचौँदेखि आठौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रति खेलाडी २ हजार ५ सय नगदसहित पुरस्कृत गरिएको छ।
मिक्स डवलतर्फ वडा नं. १५ का अनिशराज तुलाधर र विद्या श्रेष्ठ विजेता बने । उनीहरूको टोलीलाई ४० हजार रुपियाँसहित पुरस्कृत गरियो । वडा नं. १० का सक्षम ढकाल र विभा थापाको टोलीले उपविजेता बन्यो । यस्तै वडा नं. २९ का नरेश श्रेष्ठ र पुनशोभा महर्जन तथा वडा नं. ३२ का राजु देउजा र अम्बिका पण्डित क्षेत्रीको टोलीले तेस्रो स्थान हासिल ग¥यो । उपविजेता टोलीलार्य ३० हजार रुपियाँ र तेस्रो हुने टोलीलाई १६ हजार रुपियाँ सहित पुरस्कृत गरियो ।
असार १२ गतेदेखि डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
