राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीलाई ११ स्वर्ण

काठमाडौं असार १४ गते ।

३० औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता त्रिभुवन आर्मी क्लबले सबैभन्दा बढी पदक जित्दै शिर्ष स्थान सुरक्षित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ ६ स्वर्ण र महिलातर्फ ५ स्वर्ण जित्दै आर्मीले कुल ११ स्वर्ण पदकसहित शीर्ष स्थान सुरक्षित गरेको हो।

त्यस्तै बागमती प्रदेश दोस्रो स्थानमा रहेको छ। बागमतीले २ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल १८ पदक जितेर दोस्रो स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले २ रजत र २ कास्यसहित कुल ४ पदक जित्दै तेस्रो स्थानमा स्थान बनाएको छ।

यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले समान २–२ पदक जितेका छन् भने लुम्बिनी प्रदेशले २ कास्य पदक जितेको छ।

प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलामा पाँच गरी ११ स्पर्धामा ७४ खेलाडीको सहभागिता रहेको थियो । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ