
काठमाडौं भदौ २ गते ।
नेपाली अल्ट्राटेल्लर रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् ।
गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्सको सिरिजका लागि छनोट भएका हुन् । अस्ट्रेलियामा भएको उक्त दौडको १ सय किलोमिटर दूरी दावाले १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए ।
एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई मंगलबारै बिदाइ गरे । दावाले आफ्नो उत्कृष्ट समयमा सुधार गर्ने लक्ष्य रहेको बताए ।