ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न भएको खेलमा स्पोर्ट्स एकेडेमी साँगालाई ५-१ गोलले पराजित गर्दै पुल्चोक शीर्ष स्थानमा पुगेको छ।
सिरब लो तामाङले २३ औं र खेलको अन्तिम मिनेटमा गरि दुई गोल गर्दा सागर थिङले १५ औं, सुमन श्रेष्ठले ४६ औं र विश्वास बीसीले ८० औं मिनेटमा एक एक गोल थप्दा पुल्चोकले सानदार जित हासिल गर्न सफल भएको हो।
