सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग २०२४ मा आफ्नो लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ।
२१५ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्कासहित ६६ रन बनाएका थिए भने हेनरिक क्लासेन २६ बलमा ३ चौका र २ छक्कासहित ४२ रनमा आउट भएका थिए। ओपनर ट्रविस हेड शून्य, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए ।
राजिव गान्धी इन्टरनेशल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन जोड्दा अथर्व टैडेले २७ बलमा ५ चौका र २ छक्कासहित ४६ बनाउँदा शशांक सिंहले २ र जितेश शर्माले ३२ रन मात्र बनाएका थिए।
