पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

  तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ ।

चैत १ गतेबाट सुरु भएको कोर्स शनिबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न भएको छ। पुम्से सेमिनार तथा रिफ्रेसर कोर्सका सहभागीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुबलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले खेलाडी उत्पादनसँगै दक्ष निर्णायक उत्पादनमा पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स फलदायी हुने विश्वास व्यक्त गरेका थिए। । चैत १ गते कोशी प्रदेशको इटहरीबाट कोर्स सुरु भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ