राजपुराले जितिन लगातार तेस्रो पटक उपाधि

नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् ।

महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितेकी हुन् । एपीएफ क्लबकी पुष्पा भण्डारी १ घण्टा २५ मिनेट ३४ सेकेन्डबाट दोस्रो हुँदा केन्याकी धाविका ज्याकलिन जेटाई १ घण्टा २६ मिनेट ५४ सेकेन्डबाट तेस्रो भएकी थिइन्। त्यस्तैगरि आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २९ मिनेट ६ सेकेन्डसाथ चौथो, अमेरिकाकी क्याटलिन सुल्टेइ १ घण्टा ५१ मिनेट ४५ सेकेन्डसाथ पाँचौं र शर्मिला बस्नेत २ घण्टा ५ मिनेट २३ सेकेन्डमा छैटौं भएकि थिइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ