टि ट्वान्टी विश्वकपको तयारीका लागि २ खेलमा विजयी भैसकेको नेपाली क्रिकेट टोलीले तेस्रो खेलमा भने हार बेहोर्नु परेको हो।
२ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रन समेटियो। कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का सहित ३६ बलमा ५३ रन बनाए भने ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन मात्र बनाउन सफल भए।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान १-१ विकेट लिएका हुन् । तेस्रो खेलमा नेपालले अघिल्लो टोलीमा रहेका ३ खेलाडी परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।
