क्यानले निलम्बन फुकुवा गरे लगत्तै सन्दिप आफ्नो खेल अभ्यासमा फर्किएका छन्।

पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेकोमा उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको हो ।उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएसंगै क्यानले सन्दिप माथि लगाएको निलम्बन फुकुवा गरेको छ। क्यानले निलम्बन फुकुवा गरे लगत्तै सन्दिप आफ्नो खेल अभ्यासमा फर्किएका छन्। खेल अभ्यासमा बेस्त रहेका सन्दिपलाई चाडै नै क्यानले आफ्नै खर्चमा वोर्ल्ड कप टि – २० खेल्न पठाउने तयारी गरिरहेको छ।
