सात खेलाडीलाई डबल प्रोमोसन

काठमाडौँ, जेठ ९ गते ।

दिब्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङबाट ७ खेलाडीले डबल प्रोमोसन पाएका छन् ।

डबल्स प्रोमोसन पाउनेमा अन्जलीकुमारी यादब, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण, रुपा कर्ण र दिपिशा खड्का रहेका छन् ।

अशोक र रुपा पति/पत्नी हुन् । उनीहरुका दुवै छोरी अनुष्का र अनुपामा पनि बाबु/आमासंगै दिब्येश्वरीमै प्रशिक्षणरत छन् । अशोक बिग मार्ट केन्द्रीय कार्यालयका चिफ टेक्निकल अफिसर हुन् ।

अशोकले बच्चालाई डोजाङमा प्रशिक्षण गरिरहेका बेला कुर्नु पर्ने समयमा आफू पनि तेक्वान्दो प्रति आकर्षित भएर तेक्वान्दो प्रशिक्षण सुरु भएको बताए । उनले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन पनि खेलकुद उपयुक्त माध्यम भएको धारणा राखे।

नेत्र लेखा सम्बन्धी काम गर्छन् भने उज्ज्वल कानून व्यवसायी हुन् । हाल ट्रिटनमा स्नातक तहमा अध्ययनरत दिपिशाले ग्लेसियर इन्टरनेसनल कलेजमा प्लस २ मा म्यानेजमेन्ट बिज्नस स्टडीमा कलेज टप गरेकी थिइन् ।

एकदिने ग्रेडिङमा दिब्येश्वरी र गोठाटार तेक्वान्दो डोजाङका ४५ खेलाडी सहभागी थिए । डबल प्रोमोसन पाउने खेलाडी भने दिब्येश्वरी मात्र हुन् ।

नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका प्रेमबहादुर भण्डारी दुवै डोजाङका अध्यक्ष हुन् । दुवै डोजाङ स्थापना गर्न करिब ६० लाख रुपैयाँ खर्च भएको भण्डारीले बताए ।

‘नेपाललाई सर्वाधिक पदक दिलाउने खेल हो तेक्वान्दो । त्यसैले सबै घरमा तेक्वान्दो पुगोस् भन्ने मेरा चाहना छ । दिब्येश्वरी मैले हालसालै खोलेको डोजाङ हो भने गोठाटार डोजाङ पुरानो हो । खेल्नु पर्छ भन्ने सन्देश दिन पनि मैले डोजाङ विस्तार गर्दै लगेको छु ।’ छैटौं डान भण्डारीले भने– ‘सरकारको मात्र भर पर्नु भन्दा पनि इच्छाशक्ति भए व्यक्तिले पनि केही गर्न सक्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा छु ।’

ग्रेडिङमा सहभागीलाई मध्यपुर थिमि नगरपालिका वडा २ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष इन्द्रभक्त चित्रकारलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता निता गुरुङले ग्रेडिङ सञ्चालन गरेकी थिइन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ