काठमाडौँ, जेठ ९ गते ।
घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह ए को खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ ।
नेपालले कीर्गिस्तानलाई २५-१८, २५-२०, २५-१३ ले पराजित गरेको हो । नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
जितपछि नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ए मा दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
पराजित कीर्गिस्तान दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
