अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन

काठमाडौं जेठ ८ गते ।

बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक प्रायोजना रहेको दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह तथा दानिसा पुरी विजयी भएका छन्।

भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा जारी तुल्सीलाल स्मृती यस प्रतियोगिताको सबै खेल जितेर सतप्रतिशत ९ अंकका साथ अभिक शाह राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन्।

कडा प्रतिस्पर्धा बिच सम्पन्न चेस खेलमा चार जना खेलाडीले समान ७ अंक बनाए पनि टाइब्रेक ४९.५ प्वाइन्टका आधारमा सार्थक श्रेष्ठ दोस्रो, ४९ प्वाइन्टले प्रथिक सुवेदी तेस्रो, ४७ प्वाइन्टले सिएम पुरुषोत्तम सिलवाल चौथो तथा ४३ प्वाइन्टका आधारमा समीप गौतम पाँचौ स्थान ओगट्न सफल भएका छन्।

यस्तै समान ६.५ अंक जोड्ने क्रममा संगम कटुवालले टाइब्रेक ४९.५ प्वाइन्टका आधारमा छैटौं र प्रशान्त गौतमले ४५ टाइब्रेक प्वाइन्टले सातौं स्थान सुरक्षित गरेका छन्।

क्रमशः समान ६ अंक सोही टाइब्रेक प्वाइन्टका आधारमा सत्यम शर्मा आठौं, सन्दिप तामाङ नवौं तथा महमद जसिम अल सईद दशौं बन्न सफल भएका छन्।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा तथा भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापनमा सम्पन्न ७ चरणको खेलमा दानिसा पुरिले ६ अंक बनाउदै छात्रातर्फ राष्ट्रिय जुनियर चेस च्याम्पियन बनेकी छिन् ।

यसैगरी राधिका पौडेलले ५.५ अंक जोडेर टाइब्रेकका आधारमा दोस्रो स्थान प्राप्त गरेकी छिन् भने समान ५.५ अंक जोडेर पनि एञ्जल महर्जन तेस्रो स्थानमा सिमित भइन्। पूर्णिमा गुरुङ ५ अंक प्राप्त गर्दै चौथो बनीन् ।

यस्तै समान ४.५ अंक टाइब्रेक प्वाइन्ट अनुसार प्रज्ञा पन्त पाँचौ, उज्जीभनी कँडेल छैटौं, सनम श्रेष्ठ सातौं, प्रकृति न्यौपाने आठौं स्थानमा रहिन्।

हालै काजकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत विधा तर्फ पदक प्राप्त गर्न सफल निहाना श्रेष्ठले ४ अंक बनाउदै नवौं स्थान तथा ४ अंक मै सिमित श्रेषा दुवालले दशौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेकी छिन्।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, बचन देउजा, महासंघ केन्द्रीय सदस्य निरञ्जन प्रजापति लगायतले अभिक शाहलाई नगद रु. ३० हजार तथा दानिसा पुरिलाई नगद रु. १५ हजार पुरस्कार, मेडल, ट्रफी प्रदान गर्नुका साथै विभिन्न उमेर समूह युवा १०, युवा १२, युवा १४, युवा १६ र युवा १८ वर्षका उत्कृष्ट खेलाडीहरूलाई कूल नगद १ लाख ५५ हजार ५ सय पुरस्कृत गरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ