पारा तेक्वान्दो खेलाडी रेनुलाई वाइल्ड कार्ड

काठमाडौं साउन १० गते ।
पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् । बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।
रेनु हाल विश्व वरीयतामा २६ औं तथा एसियाली वरीयतामा १३ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षक समेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा जनाएका छन् ।
२०८२ मंसिर २१ देखि २८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के– ४४ क्याटागोरीअन्तर्गन महिला ४७ केजीमुनि कास्य पदक जितेकी थिइन् ।
रेनुले मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसि– २०२५ तथा मंगोलियामा भएको ११ औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप– २०२६ मा सहभागिता जनाएकी थिइन् ।
रेनुसंगै कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म २ खेलाडीको सहभागिता पक्का भएको छ । यसअघि पलेशा गोवर्धन वरीयताका आधारमा छनौट भईसकेकी छन् ।
पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नियमित भाग लिदै आएको छ । एसियाली पारा खेलकुदमा पदक जित्ने पलेशा नेपालकी एक्लो खेलाडी हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ