इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत आइतबार राती भएको खेलमा रोयल च्यालेञ्जर बेङ्गलोरले दिल्लीलाई ४७ रनले पछि पार्दै शानदार जित हासिल गर्न सफल भएको छ।
लगातार पाँचौ पटकको जितसँगै बेङ्गलोरले १३ खेलमा १२ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा पर्न सफल भएको हो। जारी आईपीएलमा एक खेल मात्रै खेल्न बाँकी बेङ्गलोरले प्लेअफको दौडमा भने आफुलाई कायमै राखेको छ।
