नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले इन्दु वर्माको सहयोगमा निर्धारित ५ ओभरमा ३ विकेट गुमाउदै ५६ रन बनाएको थियो । इन्दु १५ बलमा ५ चौका र २ छक्का गरि ३८ रनमा नटआउट रहिन् भने ओपनर ममता चौधरीले १० बलमा २ चौका सहित ९ रन जोड्दा रोमा थापाले ५ र कप्तान सिता राना मगरले २ रन मात्रै बनाएकी थिइन्।
एपिएफले दिएको ५७ रनको लक्ष्य भेटाउना नसक्दा कोशीले हार बेहोर्नु परेको हो।
