मुम्बइलाई हराउँदै कोलकाता बिजयी

शनिबार राति भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए भने नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन मात्र जोड्न सफल भएका थिए ।

मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुई/दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक/एक विकेट लिएका थिए । १५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनाएको थियो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए भने कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिएका हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ