विजय कायाक एकलको फाइनलमा

काठमाडौं असोज १४ गते ।

नेपालका विजय माझी जापानमा जारी एसियाली खेलकुदको कनोइ स्लालमको पुरुष कायाक एकलतर्फ फाइनल चरणमा प्रवेश गरेका छन् ।

याहागिगावा कनोइ स्लालम कोर्समा बुधबार भएको सेमिफाइनल चरणमा विजय २७५.७३ स्कोरका साथ १६औँ स्थानमा रहेर फाइनल पुगेका हुन् ।

विजय फाइनलमा पुग्दा अर्का नेपाली खेलाडी आशिष रानामगर भने सेमिफाइनलमै रोकिए ।

मंगलबार विजय २०२.६ स्कोर जोडेर १५औँ तथा आशिष २११.८६ स्कोरका साथ १६औँ स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ