पेरिस ओलम्पिक–२०२४ का लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालका नविता श्रेष्ठ, इभाना थापा र स्यान्टु श्रेष्ठ विजयी भएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिला एकलतर्फ नविताले पाकिस्तानकी पेर्निया खानलाई ४–१ ले हराएकि हुन् । इभानाले श्रीलङ्काकी इशारा मदुरांगीलाई ४–१ ले हराउँदा पुरुषतर्फ स्यान्टुले माल्दिभ्सका अहमद अख्यारलाई ४–१ ले पछि परेका थिए।
