राष्ट्रिय जुनियर स्क्वास लिग सम्पन्न

काठमाडौं वैशाख १३ गते।

नेपाल स्क्वास एन्ड र्‍याकेट संघको आयोजनामा भएको राष्ट्रिय जुनियर स्क्वास लिग आइतबार सकिएको छ।

आज भएको खेलमा यू–१३ गल्सतर्फ डोल्मा तामाङले दीपिका महतलाई २–१ को सेटमा पराजित गरिन्। खेलमा ८–११, ११–४ र ११–१ को स्कोर रह्यो।

त्यस्तै यू–१९ गल्समा रेनासा महर्जनले नियुक्ति श्रेष्ठलाई सोझो सेटमा २–० ले हराउँदै प्रभावशाली जित निकालिन्। स्कोर ११–६ र ११–३ रह्यो।

बोइज यू–१९ सरोज लामाले हेलिस घिसिङ माथि २–१ को जित हात पारे। स्कोर ११–९, १०–१२ र ११–४ रह्यो।

समापन कार्यक्रममा प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सन्तकुमार मेहेताले र नेपाल स्क्वास एन्ड र्‍याकेट संघका अध्यक्ष धुव्र बहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ