हेराल्ड र सीसीआरसी विजयी

काठमाडौं साउन १८ गते ।
हेराल्ड इन्टरनेसनल कलेज र सीसीआरसी प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार विजयी भएका छन् ।
हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ तथा सीसीआरसीले न्युटनलाई ४८–३४ ले पराजित गरे । हेराल्डका डेविड राईले १२ तथा सीसीआरसीका रोहन महतले १८ अंक जोडे ।
ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एलआरआईलाई ६४–५०, गोल्डेनगेट इन्टरनेसनल कलेजले सत्य साइलाई ४४–३२ र मनास्लुले निम्सलाई ६७–५२ ले हराए । जेभियरका रोशन नगरकोटीले १८, गोल्डेनगेटका नेल्सन श्रेष्ठले १९ र मनास्लुका सिद कार्कीले १२ स्कोर गरे ।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको गल्र्समा एलआरआईले जेभियर ‘बी’ लाई ३०–१९ तथा गोल्डेनगेटले जेभियर ‘ए’ लाई ३४–२६ ले पाखा लगाए । एलआरआईकी लुनिभा सिंहले १४ तथा गोल्डेनगेटकी एन्जल गुप्ताले १० अंक जोडे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ