संस्कृति र तेजस्वी सेमिफाइनलमा

काठमाडौं साउन १८ गते ।
आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनला प्रवेश गरेका छन् ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले निम्बल एकेडेमीलाई १–० तथा तेजस्वीले पास्कल इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गरे ।
तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै इडिफाइ इन्टरनेसनल स्कुलले काठमाडौं लिटिल ब्लोसम्सलाई २–० तथा ल्यान्डमार्क एकेडेमीले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २–० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको टोप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । दोश्रो दिन मंगलबार जुनियर ब्वाइजको खेल हुनेछ ।
अध्यक्ष पोखरेलले प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
संकृति शिक्षा सदनका व्यवस्थापन निर्देशक रबी केसीले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संस्कृती शिक्षा सदनका संयोजक प्रकाश न्यौपानेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने टोप्स परिवार, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, शिक्षक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा प्रतिस्पर्धा भइरहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ