सिटीजन्स बैंक खुला टेनिस सुरु

काठमाडौं वैशाख १३ गते।

सिटीजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

पहिलो दिन पुरुष सिंगल्समा डानियल बाँस्तोला, सक्षमविक्रम शाह, अभिनव आचार्य, प्रणव मानन्धर, साङ्गे छोजाङ रोकाया, बोरिस अधिकारी, आयुशमान हजुर घले, राजवीर प्रधान (वाकओभर), निजेज महर्जन, युगेन शेर्पा, दर्शिल श्रेष्ठ र प्रीतम परियारले विजयी सुरुआत गरेका छन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा जुजुमन किम तथा ७० वर्षमाथि पुरुष सिंगल्समा फाडर म्याथ्युले जित हात पारे । ३५ वर्षमाथि पुरुष सिंगल्समा विश्वास थापाले बाजी मारे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सन्जिव श्रेष्ठ, मनोज श्रेष्ठ, राजु गुरुङ, निरानन् श्रेष्ठ र प्रताप मुक्तानले सफलता पाए । ४५ वर्षमाथि पुरुष डबल्समा नवाङ लामा/राजेन्द्र भाटियाको जोडी विजयी भए भने विपिन श्रेष्ठ/रुपेश भण्डारीको जोडीले प्रतिद्वन्द्वीबाट वाकओभर पाए । पहिलो दिन निर्धारित भएका केही खेलहरु भने वर्षाका कारण सम्भव भएन ।

प्रतियोगिताको सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष प्रवीण वैद्यल, महासचिव नरेन्द्र बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा भइहरेको छ।

प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५४ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बैशाख १९ गते सम्पन्न हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ