काठमाडौं वैशाख १३ गते।
विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पीएम कप एनभीए महिला भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा एपीएपले सुदूरपश्चिमलाई सोझो सेटमा हराउने क्रममा पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१७, २५–१० र २५–९ को नतिजा हासिल गर्यो ।
आइतबारै प्रतियोगिताको महिला स्पर्धातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले आर्मीलाई सोझै सेटमा पराजित गर्यो । न्यु डायमन्डले खेल २५–१८, २५–१६, २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
