नेपाल पुलिस क्लबको लगातार तेस्रो जित

काठमाडौं वैशाख १३ गते।

विभागीय टोली नेपाल पुलिस क्लबले दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा लगातार तेस्रो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-२२, २५-१७, २५-१८ ले पराजित गरेको हो । पुलिस ९ अंक जोडेर शीर्ष स्थानमा छ । लगातार तेस्रो हार बेहवरेको बुढानिलकण्ठ अंकविहन छ ।

यस्तै आज नै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लबले पनि खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ