काठमाडौँ, वैशाख १२ गते ।
प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १० औं संस्करणमा रुकुम पश्चिम भलिबल क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको पहिलो खेलमा रुकुम पश्चिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
रुकुमले २५–२३, २५–१७ र २५–२० ले खेल आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकाल्यो।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।
