काठमाडौँ, वैशाख १२ गते ।
नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्टस क्लबले १० औं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित निकालेको छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० ले हराएको हो।
न्यु डायमण्डले एभरेष्टलाई २८-२६, २६-२४,२५-१४ ले हराएको थियो।
त्यस्तै आज नै भएको अर्को खेलमा पुलिसले सुदूरपश्चिम भलिबल क्लबलाई ३-० ले हराएको छ।
नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।
