सिटीजन्स बैंक खुला टेनिस आइतबारदेखि

काठमाडौं बैशाख ११ गते

सिटीजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५४ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र डबल्स तथा पुरुष भेट्रानतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ । पुरुष भेट्रान ७० वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ।

नेपाल टेनिस संघको सहयोगमा हुने लागेको प्रतियोगिताको सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी ६ लाख ६५ हजार रुपैयाँ रहेको छ । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वर र भद्रकालीस्थित आर्मीको टेनिस कोर्टमा खेलाइने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ