खेलकुद मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदद्वारा अनुमोदन

युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकले बिहीबार अनुमोदन गरेको छ।

मन्त्रिपरिषदको बैठकले खेलाडीका लागि २ करोड ९७ लाख १० हजार नगद पुरस्कार दिने प्रस्ताव बिहीबार अनुमोदन गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ