समाज कल्याणद्वारा गोलबजार २-१ ले पराजित

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्र विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा समाज कल्याणले गोलबजार स्पोर्टस क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो। समाज कल्याणको जितमा रोशन क्षेत्री एक्लैले दुई गोल गरेका थिए। जितसँगै ७ खेलमा १२ अंक जोड्दै समाज कल्याण तेस्रो स्थानमा उक्लिएको छ भने गोलबजार समान खेलमा ५ अंकसहित १३ औं स्थानमा रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ