सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला बन्दैछ । निर्माणाधीन रंगशालामा नै प्रतियोगिता गर्दा खेलाडीहरूले भने केही समस्या भोग्नुपरेको छ ।
कर्णाली रंगशालामा महिला लिग सञ्चालन हुँदा खेलाडीका लागि शौचालय नै थिएन । खेलाडी, अफिसियल र दर्शकहरूका लागि अस्थायी शौचालय बनाइएको थियो । ड्रेसिङ रुम नहुँदा खेलाडीले जर्सी फेर्न पनि उपयुक्त ठाउँ थिएन । सुदूरपश्चिम प्रदेशकी कप्तान अञ्जली चन्द भन्छिन्, ‘शौचालयको सबैभन्दा ठूलो समस्या थियो, फोहोर पनि उत्तिकै थियो । पिरियड (महिनावारी) हुँदा त झनै गाह्रो भएको थियो ।’
