सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार हैदराबादलाई ७ विकेटले हराएको हो।
हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट गुमाउदै भेट्टाएको हो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १ सय २ रन बनाए सँगै टोलीको जित निश्चित भएको थियो। त्यस्तै तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाएका थिए।
त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउंदै १ सय ७३ रन जोडेको थियो। हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे भने कमिन्सले १७ बलमा ३५ रन बनाउँदा नितिश रेड्डीले २० रन मात्र बनाउन सफल भए। त्यस्तैगरी हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिएका थिए ।
