एकदिवसीय खेल्ने नेपाल ‘ए’ को प्रारम्भिक टोली घोषणा

काठमाडौँ, वैशाख ७ गते ।

ओमान, स्कटल्यान्ड र अमेरिकाविरुद्ध एकदिवसीय क्रिकेट खेल्ने नेपाल ‘ए’को प्रारम्भिक टोली घोषणा गरिएको छ ।

सोमबार ९वैशाख ७० मुख्य प्रशिक्षक राजु बस्न्यातले ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

टोलीमा तृतराज दास, देव खनाल, शंकर राना, ईशान पाण्डे, अरनिको यादव, विवेक रानामगर, अनिलकुमार साह, अर्जुन घर्तीमगर, नारायण जोशी, रसिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पटेल, अर्जुन साउद छन्।

त्यस्तै प्रतिष जिसी, कुशल मल्ल, युवराज खत्री, विपीन खत्री, दिपेश कँडेल, शेर मल्ल, रुपेश सिंह, शुभ कंसकार, पवन सराफ, सागर ढकाल, दीपकप्रसाद डुम्रे, साहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, मयन यादव र अभिशेष गौतम समावेश छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ