अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि

काठमाडौँ, वैशाख ७ गते ।

नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन्। मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे। नेपालकै मिलन कुलुङ राईले २७ः०५ः१८ सकेन्ड समय लगातार दोस्रो तथा विजय राना मगरले २८ः२५ः१७ सकेन्डसहित तेस्रो स्थान हासिल गरे। मिलन पछिल्लो संस्करणमा पनि उपविजेता बनेका थिए।

एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्बा शेर्पा ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित विजेता बनिन्। न्युजिल्यान्डकी एनी माइ बान र अनिता राई दोस्रो र तेस्रो हुनुभयो । एनीले ३३ः५१.४१ र अनिताले ३८ः१८.२३ सकेन्ड समय लगाइन्।

८० किमी दौडमा सुर्य राज राई (१३ः१९ः५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ः२३.३३ सकेन्ड) तेस्रो भए। ८० किमी महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा दौड सकाएर पहिलो भइन्। भारतकै नाङक्युसुकी स्लोङ (२१ः५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ः२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहिन्।

५० किमी पुरुषमा गोपाल तामाङ (०६ः३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६ः५७.२३ सकेन्ड) तेस्रो बने। ५० किमी महिलातर्फ सुनसरी रोकाया (०७ः५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८ः५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहे।

२० किमीमा पुरुषतर्फ विशाल बहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिला तर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो भइन्। यसैगरी दस किम पुरुषतर्फ सुहन तामाङ विशाल तामाङ र सौगत आरसी तथा महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थानमा रहे।

छैटौँ मञ्जुश्री ट्रेल रेसको एक सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते सुरु भएरकाठमाडौँ उपत्यकाको परिक्रममा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो। यसैगरी अन्य विधा, ८० किमी, ५० कि.मी., २० कि.मी. र १० कि।मि। क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेबनमा नै भएका थिए ।

सो दौडमा ३० राष्ट्रका ६०० भन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए ।अगामी सातौं संस्करण २०२७ मार्च ५/७ गतेलाई तय गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ