साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौँ, वैशाख ८ गते।

भारतमा हुने साफ महिला च्याम्पियनसिपका निम्ति प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।

मंगलबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपको यो नवौँ संस्करण हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतलाई प्रतियोगिता आयोजना गर्ने जिम्मा दिएको छ । प्रतियोगिता आउँदो मे २५ देखि जुन ७ सम्म हुने तालिका छ ।

प्रारम्भिक नेपाली टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, समीक्षा घिमिरे, विमला विक, निशा थोकर, पूजा राना, प्रतीक्षा चौधरी, हीरा भुजेल, मनमाया दमाईं, रेनुका नगरकोटे, सरस्वती हमाल, प्रीति राई, दीपा शाही, सरु लिम्बू, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, मीना देउवा, पूर्णिमा राई, अनिता बस्नेत, वर्षा ओली, जेनिफर रानामगर, अनिता लम्जेल, सजनी थोकर, अस्मिता नेपाली, सुशीलाकुमारी चौधरी, नेहाकुमारी चौधरी, सुक्रिया मिया, सविना चौधरी, विर्सना चौधरी, अनिता केसी, पुनम चेम्जोङ, सेनु परियार र विमला चौधरी रहेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ